पोखरामा उपचाररत चार जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत उनिहरुको वितेको २४ घण्टामा मृत्यु भएको हो ।
पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १४ का ७४ वर्षीय पुरुष र पोखरा १५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै फिस्टेल अस्पतालमा उपचाररत पोखरा १६ की ५९ वर्षीय एक महिला तथा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत पोखरा १३ का ७७ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या १७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार