स्पाइनल मस्कुलर एट्रोफीले पीडित भैरहवाकी १४ महिने सियोना श्रेष्ठका लागि ट्रर्कीमा रहेका नेपाली युवाहरुले आर्थीक सहयोग उपलब्ध गराएका छन् ।
सियोनाको उपचार सहयोगार्थ टर्कीको कोलिन कम्पनिमा कार्यरत एंव कामको शिलसिलामा टर्की बस्दै आएका नेपाली युवायुवतिहरुले नगद रु.५७ हजार ४०० सय आर्थिक सहायता उपलब्ध गराएका टर्कीबाट रमेश तिमिल्सीनाले जानकारी दिए ।

टर्कीमा उनिहरुले असोक मल्लको सक्रियतामा आर्थीक संकलन अभियान एक हप्तादेखी जारी राखेका थिए । सियोनाको उपचारमा खर्चको अभाव भएकाले देश तथा बिदेशमा समेत विभिन्न कार्यक्रमहरु गरिएका छन् ।
आर्थिक अवस्था कमजोर रहेकी श्रेष्ठको पोल्यान्डको एक हस्पिटलमा उपचार भैहरेको छ । आफ्नो खर्च कटाएर श्रेष्ठको उपचारमा सहायता प्रदान गर्ने सवैलाई मल्लले धन्यावद दिएका छन् ।

२५ करोड उपचार खर्च लाग्ने सो रोग माथीको लडाइ श्रेष्ठले २ बर्ष भित्र जित्नु पर्ने छ ।




