गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा गण्डकीका विभिन्न जिल्लाका १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनिहरु मध्ये ८२ जना पोखरा महानगरपालिकाका रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार ३१४ पुगेको छ ।




