गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रालि पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका १९ सहित तनहुँ र स्याङ्जाका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीका १९ जना कोरोना संक्रमितहरु पोखरा महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । यससंगै गण्डकीका कोरोना संक्रमितहरुको कुल संख्या १० हजार ९५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार