पोखरा महानगरपालिकामा २१ सहित गण्डकीमा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार पोखराका २१ जना, पर्वतका ३ जना र तनहुँका ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ८२७ पुगेको छ ।




