पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका थप १५ जनामा कोरोना भाइरसकिो संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले जनाए अनुसार पोखरा महानगरपालिकाका १४ र कास्कीको रुपा गाउँपालिकाका १ जनामा कोरोना देखिएको हो । यस्तै तनहुँका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७५३ पुगेको छ ।




