पोखरामा थप तिन जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका २ जना र लमजुङका १ जनाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा १७ की ७५ वर्षीय एक महिला, पोखरा ९ की ८३ वर्षीय एक महिला र लमजुङ्को बेसिशहर नगरपालिका ५ का ७१ वर्षीय एक पुरुष रहेका छन् ।
यससंगै गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार