पोखरा महानगरपालिकाका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार महानगरका पोखरा ४ का २ जना, पोखरा १० का ३ जना, वडा नं. १२, १४, १७ र २९ का १–१ जना र वडा नं. १५ का २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पोखरा १४ का सक्रमित पुरुष ९१ वर्षीय वृद्ध हुन् । यस्तै तनहुँको पुतली बजार नगरपालिकाका १ जनामा पनि कोरोना देखिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा पछिल्लो पटक कोरोना संक्रमणको हटस्पट बनिरहेको छ । मानिहरुको आवत जावतमा गरिएको खुलापनका कारण संक्रमण दर बढेको हो ।




