गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लि पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका २४ सहित २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका २४ जना, पर्वतमा १ जना र तनहुँका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ हजार ८३६ पुगेको छ ।




