पोखरा महानगरपालिकाका २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार महानगरका ६,८,९,१४,२९,३२,३३ नं. वडाका १–१ जना, वडा नं. ११ मा ५ जना, १६ मा २ जना, १७ मा ३ जना र वडा नखुलेका र ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा पछिल्लो पटक कोरोना संक्रमणको हटस्पट बनिरहेको छ । मानिहरुको आवत जावतमा गरिएको खुलापनका कारण संक्रमण दर बढेको हो ।




