गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका २४ सहित १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका २४ जना, बाग्लुङका ५ जना, गोरखाका २ जना, लमजुङका ८ जना, मुस्ताङका ३ जना, नवलपुरका ३ जना, पर्वतमा ४ जना, तनहुँका ४५ जना र स्याङ्जाका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ हजार ८०९ पुगेको छ ।




