विवरण अनुसार गण्डकी प्रदेशकोे राजधानी पोखरामा आज थप ९८ जना निसंक्रमित मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक बजारमा मानिहरुको चलहलपहल बढेको र सार्वजनिक सवारीको यात्रा मार्फत एक ठाँउबाट अर्को ठाँउसम्म मानिसहरुको आवात जावत भैरहेका कारण समस्या र संक्रमण दुवै बढेको हो ।
नेपालीहरुको दोस्रो महान तथा ठुलो चाड तिहार नजिकिएसंगै बजार तथा पसहलहरुमा मासिनहरु भिड लाग्ने गरेको छ । जसका कारण पहिचान नभएका संक्रमित मानिसहरुले निसंक्रमित मानिसहरुलाई कोरोना सारिरहेका छन् । कतिपय कोरोना संक्रमितको सम्पर्कमा रहेका मासिसहरुमा पनि संक्रमण देखिने गरेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आजै नवलपुरमा २९ जना, स्याङ्जामा ११ जना, तनहुँमा १२ जना, गोरखामा २१ जना, पर्वतमा १३ जना, म्याग्दीमा ४ र बाग्लुङ्मा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ५२१ पुगेको छ । यसैबिच नेपालमा ३ हजारको हाराहारीमा कोरोनाका नयाँ सक्रिमितहरु थपिएका छन् भने गण्डकीका १ सहित २२ जनाको मृत्यु भएको छ ।




