स्थानिय प्रशासनले कास्कीमा चाडपर्वका नाममा अनावश्यक भिडभाड नगर्न निषेधात्मक सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालद्धारा जारी सुचनामा चाडपर्वहरु मनाउदा आफु रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यहरुसंग मात्र सिमित रहि मनाउन आग्रह गरिएको छ ।
यस्तै देउसी भैलो जस्ता भीडभाडजन्य कार्यक्रमहरु आयोजना नगर्न नगराउन समेत सुचनामा भनिएको छ । जिल्ला भित्र कुनै प्रकारका मेला, महोत्सव तथा व्यापारिक केन्द्रहरुमा भीडभाड नगर्न, आतसवाजी, पट्का, झिरझिरे, भुईचम्पा लगायतका विस्फोटक पदार्थहरु ओसारपसार विक्रिवितरण र प्रयोग नगर्न पनि अपिल गरिएको छ ।
कोभिड १९ को संक्रमण जोखिमबाट बच्नका लागि सरकारले तोकेको आवश्यक भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा माक्सको प्रयोग गर्न, नियमित सािवुनपानीले हात धुन र स्यानटिाईजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपायहरुको अवलम्बन गर्न सुचना मार्फत ढकालले अनुरोध गरेका छन् ।




