File Photo

नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जना मजदुरको ज्यान गएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुले पहिरोमा पुरिएर ज्यान गुमाएका हुन् ।
सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला आज साँझ माथिबाट खसेको पहिरोमा उनिहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै बुलिङटार–४ का स्थानिय बासिन्दा हुन् । पहिरोले २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामीको ज्यान लिएको हो ।
https://googlepokhara-com.stackstaging.com/gandaki-pradesh-news/
पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका छन् । पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार