गण्डकी प्रदेशमा आज थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका १७९ सहित २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार स्याङजामा २२ जना, तनहुँमा १९ जना, नवलपुरमा १८ जना, म्याग्दीमा १३ जना, लमजुङमा ८ जना, गोरखामा ३ जना र पर्वतका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
https://googlepokhara-com.stackstaging.com/coivd-world-news-update/
कास्कीमा देखिएका संक्रमितहरु पोखरा महानगरपालिकाका विभिन्न वडाका रहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ६ रहेको छ । उनिहरु मध्ये ५ जना कास्कीका रहेका छन् भने १ जना तनहुँका रहेका छन् ।
यता गण्डकी प्रदेशका भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री लेख बहादुर थापामगर र प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष माधव बराललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।




