चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको ७१ नमुना परिक्षण मध्ये १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिकाका ८ जना पुरुष र ६ जना महिला सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
https://googlepokhara-com.stackstaging.com/gandaki-coivd-update/
भरतपुर महानगरपालिकाका विभिन्न वडाहरुमा १४ जना, रत्ननगरका २ जना महिला, कालिकाका १ जना महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै नवलपुरको गैडाकोट नगरपालिका वडा नं.१३ का ४६ वर्षीय एक पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । उता गोरखाको पालुङटारका एक जना महिलामा पनि कोरोना देखिएको छ ।
https://googlepokhara-com.stackstaging.com/covid-world-news-9/




