गण्डकी प्रदेशमा आज थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
https://googlepokhara-com.stackstaging.com/covid-world-news-9/
विवरण अनुसार कास्कीमा ७१ जना, गोरखामा ११ जना, बाग्लुङमा १३ जना, स्याङ्जामा ४ जना, लमजुङ्मा २ जना, तनहुँमा २३ जना, नवलपुरमा १० जना र मुस्ताङका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कुल संक्रमितको संख्या ८ हजार पुगेको छ । आज गण्डकीका ११६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हिजो र आज गरि २ दिनमा गण्डकीका ८ जना संक्रमितहरुले ज्यान गुमाएका छन् । हाल सम्म कोरोना संक्रमणका कारण गण्डकीमा ८८ जनाको मृत्यु भएको छ ।




