गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वासथ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा ६० जना, गोरखामा ३३ जना, बाग्लुङमा १ जना, स्याङ्जामा १ जना, लमजुङ्मा २ जना, तनहुँमा १ जना र नवलपुरमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगं गण्डकीमा कुल संक्रमितको संख्या ७ हजार ८३९ पुगेको छ ।




