कर्णाली प्रदेशमा आज १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्र नगर सुर्खेतका अनुसार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार सुर्खेतमा १३४ जना, जुम्लामा २०, दैलेखमा २५, अछाममा १ जना, रुकुम पश्चिममा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ ।




