धार्मिक मठ मन्दिरहरु खोल्नु पर्ने र धार्मिक कार्य गर्न पाउनुपर्ने माग राख्र्दै धार्मिक अभियान्ताहरुले अभियान चलाएका छन् । पछिल्लो समय कोरोन महामारीको संक्रमण फैलिने डरले मानिसहरुको भिडिभाड हुने ठाउँहरुमा नजान आग्रह गर्दै सरकारले प्रतिबन्द लगाएको छ । तर आन्तरिक हवाई उडान सुचारु भएका, यातायातका साधनहरु चलेका, बजार पसलहरु खुलेका भएपनि मठ मन्दिरहरु भने बन्द प्रायः रहेका छन् ।
यसरी मठमन्दिरहरु बन्द गरिदा मानिसहरुको नियमित नित्य कर्ममा प्रत्यक्ष प्रभाव परेको भन्दै अभियान्ताहरुले तत्काल मडमन्दिरहरु खोलिनुपर्ने माग गरेका हुन् । मंगलबार उनीहरुको बिन्दबासिनी मन्दिर परिसरमा जम्मा भएर प्रदर्शन समेत गरको छन् । सोही कार्यक्रममा बोल्दै धार्मिक अभियान्ता ठाकुर बरालले राज्यले २०५२ सालबाटै अनेक बाहनामा हाम्रो धर्म र संस्कारमाथी प्रहार भईरहेको आरोप लगाए । उनले संस्कार संकृती नै नभएर नेपाल र नेपालीको औचित्य नहुने समेत बताए ।
जागौं पोखरा अभियानकी संयोजक सिरिस गुरुङले सबै कुराहरु खोल्दा मठमन्दिहरु किन बन्द छन् भन्दै सरकारलाई प्रतिप्रश्न गरे । मठ मन्दिर भनेको शान्ति र आत्म सन्तुष्टीको लागी पुगिने ठाउँ भएकाले यस्ता ठाउँहरु खोलिनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोखरेलले भौतिक दुरी कायम गर्दै हाम्रो दैनिकीलाई चलाउनु पर्ने र धार्मिक आस्थाका ठाउँहरुलाई पनि चलायमान बनाउनु पर्नेमा जोड दिए ।
बिश्व हिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यष शंखर खरालले मठमन्दिरहरु राज्य नबनाएको र बनाएकाहरुले उपयोग गर्न पाउनुपर्ने बताए । मठ मन्दिरहरु खोल्नुपर्छ भन्दै धेरै पटक केन्द्र देखी प्रदेशका मन्त्रीसम्म पुगेको तर आश्वासन मात्र पाएको गुनासो गरे । १ गतेबाट खोल्ने भनिएको तर प्रमुख जिल्ला अधिकारीले माथीको आदेश भन्दै खोल्न नदिएको प्रति खरेलले आपत्ति प्रकट गरे ।




