कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको पर्वतमा निधन भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार बाग्लुङ नगरपालिका वडा नं.१३ की ४८ वर्षीय ति महलिाको पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मा निधन भएको हो ।
उनको हिजो साँझ मृत्य भएको निर्देशनालयले जनाएको छ । उनलाई मधुमेहको समेत समस्या रहेको बुझिएको छ । हिजो मात्र उनको रिपोर्ट पोजेटिभ आएको थियो । यससंगै गण्डकीमा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार