कर्णाली प्रदेशमा आज १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार प्रदेशका विभिन्न प्रयोगशलाहरुमा गरिएको पिसिआर परिक्षणमा थप १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार सुर्खेतमा ७० जना, जुम्लामा २ जना, दैलेखमा २३ जना र रुकुमपश्चिमका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।




