गण्डकी प्रदेशमा आज थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा ३० जना, तनहुँमा २० जना, नवलपुरमा २४ जना, गोरखामा ६ जना, बाग्लुङ्मा ५ जना, स्याङ्जामा ५ जना र लमजुङमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कुल संक्रमितको संख्या ५ हजार ७ सय ३० पुगेको छ ।




