सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको संख्या लुकाएको तथ्य खुलेको छ । नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७१५ जनाको मृत्यु भएको छ ।

तर नेपाली सेनाले हालसम्म ८८९ जनाको शव व्यवस्थापन गरिसकेको तथ्यांक उपलब्ध गराएको छ । कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मात्र गर्दै आएको छ । र, हरेक शव व्यवस्थापनबारे सेनाको पृतनाहरुलले विस्तृत विवरण केन्द्रमा पठाउने गरेका छन् । त्यसअनुसार सबैभन्दा धेरै उपत्यका पृतनाले हालसम्म ४४४ वटा शव व्यवस्थापन गरेको छ । मध्य पृतनाले १३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार