पोखरामा एका बिहानै ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा विभिन्न वडाका ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-gandaki-6/
विवरण अनुसार ८ जनाको चरक मेमोरियल अस्पताल र गण्डकी मेडिकल अस्पतालबाट कोरोनाको परिक्षणका लागि नमुना संकलन गरिएको थियो । उनिहरु मध्ये ६ जना महिला र १ जना पुरुष रहेका छन् । संक्रमितहरुमा पोखरा १६ का २ जना पुरुष, ११ की १ जना महिला, पोखरा ८ का २ महिला र ४ पुरुष गरि ६ जनामा कोरोना पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-death-world-news-11/
यस्तै पोखरा २७ का १ जना पुरुष, पोखरा १५ का १ जना पुरुष, पोखरा १७ का २ पुरुष र १ महिला, ४, ७ र १४ का १–१ जना पुरुष, पोखरा १० का २ जना पुरुष, पोखरा १२ का १ महिला र १ पुरुष, २६ का १ जना महिला र वडा नखुलेका १ जना पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हालसम्म पोखरा महानगरपालिकामा मात्रै संक्रिय संक्रमितको संख्या ६ सय ५० बढि पुगिसकेको छ ।




