प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीमण्डल विस्तारसंगै जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षामन्त्री समेत रहेका इश्र्ववर पोखरेललाई रक्षाको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री एंव मन्त्रीपरिषदको कार्यालयको जिम्मेवारी दिईएका छन् । रक्षा मन्त्रालय ओली आफैले राखेका छन् ।
http://googlepokhara-com.stackstaging.com/coivd-death-pokhara/
यस्तै प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णु पौडैललाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रलायको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलिले लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
http://googlepokhara-com.stackstaging.com/pokhara-4-news/
यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।




