पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरिय अस्पतालमा उपचाररत बाग्लुङ नगरपालिका वडा नं.२ का ७७ वर्षीय एक पुरुषको आज मृत्यु भएको हो । मृतक यहि असोज २५ गते अस्पताल भर्ना भएका थिए ।
http://googlepokhara-com.stackstaging.com/nepal-coivd-news/
ति पुरुषमा कोरोना संक्रमण सहित मधुमेह, उच्चरक्तचाप र मुटुसम्बन्धि समस्या रहेको थियो । उनको दिउँसो १२ः१० बजे मृत्यु भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-4-news/




