गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका ३६ जना सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/nepal-police-result/
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै लमजुङ्, तनहुँ, बाग्लुङ र म्याग्दीमा १–१ जना र स्याङ्जाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-death/
यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ५ हजार १७६ जना पुगेको छ ।




