नेपाली कांग्रेस (विपी)का केन्द्रिय महामन्त्री शुसिलमान शेरचनले मुलुक निकै कठिन परिस्थितीबाट गुज्रिरहेको बताएका छन् । पार्टीको कास्की जिल्ला समितिद्धारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नै महामन्त्री शेरचनले कांग्रेस र कम्युनिष्टका कारण मुलुकले निकै दुःख झेल्नु परेको बताएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-province-covid/
नेकपाको नेतृत्वमा मुलुकमा अहिले लुटतन्त्र मच्चिरहेको शेरचनले उल्लेख गरे । देशको ढुकुटि सिध्याउने र लुट्ने काममा प्रतिपक्ष दल नेपाली कांग्रेसको समेत संलग्नता रहेको महामन्त्री शेरचनले आरोप लगाए । सडक र सदनमा हुनु पर्ने प्रतिपक्षको भुमिकामा कांग्रेस स्खलित भएको उनले उल्लेख गरे ।
मुलुकमा कोरोना महामारीको सन्त्रास फैलाएर सरकारले जनतालाई आधारभुत आवश्यकताको उपयोगबाट समेत बञ्चित गरेको महामन्त्री शेरचनले बताए । कोरोना महामारी फैलनुमा सरकार जिम्मेवार रहेको उनले बताएका छन् । पार्टीका कास्की जिल्ला सभापति चन्द्र बहादुर रानाभाटले महामानव विपिको विचार तथा सिद्धान्त अनुसार पार्टीलाई जनताको सेवामा सर्मपित हुन अपिल गरे ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-8/
सो अवसरमा नेकपा र नेपाली कांग्रेस परित्याग गरि दर्जन बढि तरुण युवाहरु नेपाली कांग्रेस (विपि) प्रवेश गरेका छन् । आफ्ना भुतपुर्व पार्टीले जनताको भावना अनुरुप काम गर्न नसकेको उनिहरुले टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार