गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कास्कीका १८ जना सहित ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार पोखरा महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्याङ्जाको चापाकोट नगरपालिकामा १० जना पुरुष र महिलामा कोरोना संक्रमण भएको हो । यस्तै लमजुङको सुन्दरबजार र मध्यनेपालमा २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कोरोना सक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।




