आज नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वमस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको १४ हजार बढि नमुना परिक्षणमा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज १ हजार ५६५ जना महिला र २ हजार ४८२ जना पुरुषमा कोरोना देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-126/
यससंगै नेपालमा कुलसंक्रमितको संख्या १ लाख ११ हजार बढि पुगेको छ भने १३ हजार ९ सय २३ संस्थागत आइसोलेसन र १९ हजार ९५७ जना संक्रमितहरुको होम आईसोलेसनमा रहेका छन् । उनिहरु मध्ये २७९ आईसियु र ६७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-gov-news/
कोरोना संक्रमणका कारण आज ९ जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ६४५ जनाको निधन भएको छ । ७७ जिल्ला मध्ये मनाङ बाहेक ७६ जिल्लामा संक्रिय संक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार