अनसनरत डा.गोविन्द केसीले सरकारसंग आफ्नो जारी अनसन अन्त्यका लागि सम्झौता गरेका छन् । मध्यरातमा डा.केसीले सरकारसंग विभिन्न ८ बुँदे सम्झौता गरेका हुन् । २७ दिनदेखि आमरण अनसनमा रहेका डा.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सो सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।
http://googlepokhara-com.stackstaging.com/corona-death-rupandehi/
सम्झौतामा डा.केसीको अनसन शनिबार तोड्ने उल्लेख गरिएको भएपनि आइतबार विहान ९ः३० बजे मा अनसन तोडिने बताईएको छ । सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
http://googlepokhara-com.stackstaging.com/covid-world-death-3/
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा.केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार