तनहुँमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । तनहुँको व्यास र शुक्लागण्डकीका १७ जनामा कोरोना देखिएको हो ।
http://googlepokhara-com.stackstaging.com/corona-death-gandaki/
व्यास नगरपालिकाको वडा नं.१ का एक जना महिला र एक जना पुरुष, वडा नं. २ का १ जना महिला र ५ जना पुरुष, वडा नं. ३ का १ जना महिला र ३ जना पुरुष, वडा नं. ४ र ५ का २–२ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-28/
शुक्लागण्डकी नगरपालिकाको वडा नं. ७ का १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ८ जना प्रभु बैकमा कार्यरत रहेका छन् भने १ जना माछापुच्छ्रे बैकमा कार्यरत रहेका छन् । यस्तै शुक्लागण्डकीका १ जना कैदि हुन् भने अर्को एक जना व्यास नगरपालिकाका आईटी अफिसर रहेका निर्देशनालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/bimstec-sammelan/
आज मात्र गण्डकीमा १ सय भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार