पोखरामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमण भइ पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा ८ का ७८ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो । उनलाई विगत ३ दिनदेखी अत्याधिक ज्वरो, रुघाखोकी र झाडापखलाको समेत समस्या देखिएको थियो । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको निर्देशनालयले जनाएको छ ।
उता बाँकेमा एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलाको मृत्युपछि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । उपचारको क्रममा बिहीबार राति ९ बजे मृत्यु भएपनि आज बिहान उनको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-28/
यस्ते कोरोना संक्रमणका कारण आज विराटनगर र धरानमा चार जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका ९ र धरान उपमहानगरपालिका (१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।




