गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको रियल टाईम पिसिआर परिक्षणमा कास्कीका ११ जना सहित प्रदेशमा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीको माछापुच्छ्रे गाँउपालिकाका २ जना र पोखरा महानगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै तनहुँको व्यास नगरपालिकामा कार्यरत एक जना प्रहरी सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता म्याग्दीमा कार्यरत २ जना नेपाली सेना सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि आजै ७४ जनामा कोरोना पुष्टि भएको थियो । यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार