गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/coivd-gandaki-12345/
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ५ जना, तनहुँको ब्यास नगरपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै बाग्लुङको गल्कोट नगरपालिकामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-36/
उता नवलपुरको कावासोती, विनयत्रिवेणी र देवचुलीका १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ४ हजार ४४७ पुगेको छ ।




