कोरोना संक्रमणका कारण आज १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-nepal-24/
डा.गौतमका अनुसार प्रदेश नं. १ को मोरङमा ४० र ६० वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै प्रदेश नं.२ को सिराहामा ५० वर्षीय एक महिला र रौतहटमा ७२ वर्षीय एक महलिाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
बाग्मति प्रदेशमा भने सवैभन्दा धेरै ९ जनाको मृत्यु भएको छ । काठमाण्डौमा ६६ र ७२ वर्षका २ महिला तथा ४५, ५३, ६४, ६९ वर्षका ४ जना पुरुषको आज एकै दिन मृत्यु भएको हो । ललितपुरका ४६ र चितवनका ६१ वर्षका २ जना पुरुषको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/pn-campus-strike/
लुम्बिनी प्रदेशको रुपन्देहीका ५५, नवलपरासीका ७६ र दाङका ७१ वर्षीय महिलको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ५७८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार