गण्डकी प्रदेशमा आज ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुका ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज चितवन र भरतपुर अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार कास्कीका १२ जना, बाग्लुङका ३२ जना, तनहुँका ४ जना, म्याग्दीका २ जना र लमजुङका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ३७५ जना पुगेको छ । संक्रमित मध्ये ३ हजार ८० जना निको भएका छन् । ३६ जनाको मृत्यु भएको छ ।




