गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्इ विज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना, स्याङजाको चापाकोटका १ जना र तनहुँको व्यास र देवघाटका २ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै नवलपुरको गैडाकोट, मध्यविन्दु र कावासोतीका ११ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यता गोरकाको सिरानकोटका १ जनामा पनि कोरोना देखिएको छ । यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ भने, ३६ जनाको मृत्यु भएको छ ।




