बिराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । उनलाई ब्लड क्यान्सरको समस्या थियो ।
यस्तै छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या थियो । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको आज बिहान मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर मृत्यु भएको हो ।
यता पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज सीएमसीमा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले सघन उपचार कक्षमा उपचाररत ती वृद्धको मृत्यु भएको पुष्टि गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार