कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नं. ५ नयाँपुलमा स्कुटर दुर्घट्ना हुदाँ एक जनाको मृत्यु भएको छ । पोखराबाट पर्वत तर्फ जादै गरेको ग १० प २१२२ नं. को स्कुटर आफै अनियन्त्रित भई ठक्कर खादाँ स्याङ्जाका २६ वर्षीय पुस्कर बस्नेतको ज्यान गएको हो ।
http://googlepokhara-com.stackstaging.com/lagu-aausadh/
स्कुटरको पछाडी सवार स्याङ्जाको आँधिखोला गाउँपालिका ६ का बस्नेतको पोखराको मेट्रोसिटि अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः३५ बजे मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-17/
स्कुटर चालक सोही स्थानका २५ वर्षीय सन्तोष न्यौपानेको अवस्था मध्यम रहेको र उनको उपचार भईरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




