लागुऔषध सहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १९ जैमुरेका २१ वर्षीय समिर गुरुङलाई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सुचनाका आधारमा घर नजिकैबाट प्रहरीले पक्रेको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-17/
उनको साथबाट नुरफिन ७ पिस, फेनरागन ७ पिस, डाइजापाम ७ पिस र गाँजा १६ वटा रोल (अन्दाजी ३५० ग्राम) बरामद गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/coronavirus-news/
गुरुङको झोला चेकजाँच गर्ने क्रममा सो परिमाणको लागुऔषध बरामद गरिएको हो । गुरुङलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार