गण्डकी प्रदेशमा आज ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीमा आज ३ जिल्लाका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको ४५४ नमुना परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीमा सवैभन्दा धेरै ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै स्याङ्जामा २ र लमजुङ्मा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८सय ३१ पुगेको छ ।
यस्तै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या
३ हजार ९ सय ८६ पुगेको छ भने उनिहरु मध्ये ३३ जनाको मृत्यु भएको छ ।




