नेपाल राष्ट्रिय सनातन पार्टीले कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । पार्टीका केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद रिजालका अनुसार पछिल्लो पटक सरकारका गतिविधिहरु चित्त बुझ्दो नभएको र नागरिकको जिवनरक्षा तथा जनजिविकाका सवालमा गम्भिर बन्न अपिल गर्दै ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापन पत्रमा भनिएको छ, “मुलुक कोरोना भाइरसको संक्रमण र महामारीबाट गुज्रिरहेका बेला समेत नेपाल सरकारले नागरिकहरुलाई जवरजस्त लकडाउन, निषेधाज्ञा, सिल जस्ता अमानविय कार्य गरि प्रताडित बनाएको कुराप्रति हाम्रो पार्टी गम्भिर आपत्ति प्रकट गर्दछ । राज्य कै तर्फबाट नागरिकको रोजिरोटिको समेत ख्याल नगरि उनिहरुलाई भोकभोकै मर्ने स्थितीमा पुर्याईनु यो कदापी स्विकार्य विषय हुन सक्दैन् । त्यसकारण हाम्रो पार्टी यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउदछ ।”
https://www.facebook.com/ccmpokhara/videos/337149324377443
यसविषम परिस्थितीमा स्वास्थ्य क्षेत्र सुधारको विषयलाई उठान गरि निरन्तर अनसन बसिरहेका डा.गोविन्द केसीको विषयमा समेत सरकार उदासिन बनेको प्रति पार्टीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । डा.गोविन्द केसीसंग सरकारले पटक पटक गरेका सहमति कार्यान्वयन नगरि उनलाई जबरजस्त अनसन बस्नु पर्ने अवस्थाको सृजना गरि मार्ने षडयन्त्रमा सरकार लागेको पार्टीको ठम्याई छ । उनका जायज मागहरु तत्काल सुनुवाई गर्दै उनको जीवन रक्षा गरि नागरिक प्रति उत्तरदायी बन्न सरकारलाई अनुरोध गरिएको अध्यक्ष रिजालले बताए ।
http://googlepokhara-com.stackstaging.com/pokhara-news-4/
सरकार आफ्ना दायित्वहरु भुलेर एकतर्फी ढंगले आफ्ना नेता कार्यकर्ताहरु मात्र पोस्ने कार्यमा लाग्नु शोभनिय विषय नहुने भन्दै तत्काल आफ्ना गतिविधिहरु नसच्चाए देशब्यापी आन्दोलनमा गर्ने पार्टीले चेतावनी दिएको छ ।




