गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा १० जना र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/dr-kc-strike-pokhara/
विवरण अनुसार नवलपुरको गैडाकोटमा ४ जना, कावासोतीमा २ जना र देवचुली नगरपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै चितवनमा गरिएको नमुना परिक्षणमा गोरखाका १ जनामा कोरोना संक्रमण देखिएको हो । गोरखाको लखनथापा गाउँपालिकामा १ जना पुरुषमा कोरोना देखिएको हो ।
http://googlepokhara-com.stackstaging.com/nepal-ma-corona/
यता क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा राईनासका १ जना, तनहुँको व्यास नगरपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । स्याङ्जाका ६३ वर्षीय जना पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७९५ पुगेको छ ।




