आज नेपालमा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा १ हजार २०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । संक्रमितहरु मध्ये ४६७ जनाको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-d-eath-nepal/
हालसम्म ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार १४७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । देशभरका क्वारेन्टिनहरुमा अहिलेपनि ६ हजार ३ सय बढि मानिसहरु रहेका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-19-pokhara/
नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।




