पोखरा महानगरपालिकामा ७ जना सहित गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियलटाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकामा ७ सहित गण्डकीमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/who-6/
विवरण अनुसार स्वनस्थ्य निर्देशनालय गण्डकीमा कार्यरत २ जना पुरुष र विश्व स्वास्थ्य संगठनको आईपिडिमा कार्यरत अर्का एक पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पोखरा महानगरपालिका वडा नं. १० २ जना महिला र १ जना पुरुष र पोखरा ७ का १ जना पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/nanda-bdr-malasi-inc-nepal/
उता तनहुँको व्यास नगरपालिका वडा नं. ११ का एक जना पुरुष, भिमाद १ का १ जना पुरुष र लमजुङको कोल्हासोथरका १ र बेसिशहरका २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ७३ पुगेको छ ।




