कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २४ लाख ३९ हजार बढि मानिसहरुको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोनजा भाइरसको संक्रमणका कारण २४ लाख ३९ हजार ८४९ जनाको मृत्यु भैसकेको छ । विश्वभर कुल संक्रमितहरुको संख्या भने ११ करोड ४ लाख १९ हजार बढि पुगेको छ ।
हालसम्म ८ करोड ५३ लाख १४ हजार बढि मानिसहरु भने निको भएका छन् । २ करोड २६ लाख ६४ हजार बढि संक्रमितहरुको उपचार भैरहेको छ । उनिहरु मध्ये ९६ हजार बढिको अवस्था गम्भिर रहेको छ ।
अमेरीका, भारत र ब्राजिल सवैभन्दा बढि प्रभावित भएका छन् । विश्वका २२१ देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार