आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकअर्कमा प्रति प्रेम तथा आत्मियता साटासाट गरी मनाइँदैछ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवसलाई लिइन्छ ।
यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव प्रकट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा समेत आजको दिनलाई लिइन्छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।
यो दिवस अहिले विश्वभर चर्चित छ । तर, पछिल्ला वर्षहरुमा यस दिवसका नाममा धेरै विकृतिहरु बढ्दै गएको कतिपयले गुनासा समेत गरे पाइन्छन् । सच्चा प्रेमका सहयात्रीहरुलाई शतत् शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार