गण्डकी प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ८६ जना निको भएर घर फर्कदा ४३ जनामा नयाँ संक्रमण देखिएको हो ।
लाईफ केयरमा गरिएको नमुना परिक्षणमा १९ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नुमना परिक्षणमा १५ जना र विध ल्याव ललितपुरमा गरिएको नुमना परिक्षणमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ८२० पुगेको छ । हालसम्म संक्रमितहरु मध्ये २०३ जनाको मृत्यु भएको छ भने १५ हजार ३४६ जना उपचारपछि निको भएका छन् ।
हलिे विभिन्न आईसोलेसन तथा होम आईसोलेसनहरुमा २७१ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार